close

एलन मस्कलाई तह लगाउन ट्वीटरले लियो ‘टप’ कानूनी फर्मको साथ

टेकपाना टेकपाना

असार २८, २०७९ २०:३४

एलन मस्कलाई तह लगाउन ट्वीटरले लियो ‘टप’ कानूनी फर्मको साथ

काठमाडौं । ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने निर्णयबाट एलन मस्क पछि हटेपछि ट्वीटरले अदालती लडाइ थाल्ने भएको छ । जसका लागि वकालत गर्न कम्पनीले ‘टप लिगल फर्म’ (शीर्ष कानूनी फर्म) नियुक्ति गरेको छ ।

ब्लुमबर्गले उल्लेख गरे अनुसार सामाजिक सञ्जाल ट्वीटरले अबको केही दिनमा मुद्दा दायर गर्ने उद्देश्य राखेको छ । जसले एलन मस्कलाई सम्झौता अनुसार अगाडि बढ्न बाध्य बनाउन‍ सक्छ ।

ट्वीटरले डेलावेयर चान्सरी कोर्टका पूर्व कुलपति वाचलेट, लिप्टन, रोजेन र काट्जलाई नियुक्त गरेको छ । जसले मुस्क विरुद्धको अदालती लडाइमा वकालत गर्नेछन् ।

गत शुक्रबार मस्कले आफू सम्झौताबाट पछि हट्न चाहेको भन्दै यूएस सेक्युरिटिज एण्ड एक्सेन्ज कमिसन (एसईसी) मा फाइल दर्ता गरेका थिए । उनले बारम्बार ट्वीटरमा रहेका नक्कली अकाउन्टको सङ्ख्या गलत रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै आएका छन् ।

ट्वीटरका बोर्ड अध्यक्ष ब्रेट टेलरले ट्वीटर खरिद गर्ने सम्झौतालाई पूर्णता दिन मस्कलाई बाध्य पार्दै कम्पनीले कानूनी बाटो अख्तियार गरेको बताएका छन् । ट्वीटर र मस्कबीचको सम्झौतामा एक अर्ब डलरको ब्रेकअप शुल्क तोकिएको छ ।

यदि यो सम्झौता असफल भएको खण्डमा मस्कले यो शुल्क तिर्नुपर्ने हुन्छ । मस्कले शनिबार इडाहोमा आयोजित एल्लेन एण्ड को सन भ्याली कन्फरेन्समा यो ‘बट’ सँग सम्बन्धित निर्णय भएको बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३