भारतले कटौती गर्दा नेपालका उद्योगमा बिजुली दिन समस्या

 बैशाख १४, २०७९ बुधबार १९:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस–युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिनुभयो । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।

‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हुन्छ भनेर जानकारी गराउँछौँ । यति–यति बजे काट्छौँ भन्न सक्दैनौँ, किन भने कति बिजुली ल्याउन सकिन्छ भन्ने टुङ्गो नै हुँदैन’, उहाँले भन्नुभयो । भारतको बिहार राज्यले चाँडै नै आपूर्ति मिलाउने आश्वासन दिएकाले केही दिनमै समस्या समाधान हुने घिसिङको भनाइ छ । 

केही दिनमा हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले नेपालकै आन्तरिक उत्पादनले नै माग धान्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ‘अहिले हामीलाई अपुग भनेको तीन सय मेगावाट हो । गएकाे वर्ष यो बेला दैनिक आठ सय मेगावाट बिजुली आयात भएको थियो । तर यो वर्ष माथिल्लो तामाकोसी आएकोले आयात घटेको छ र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ । पिकमा आयात कम गर्छाैँ’, घिसिङले भन्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया