close

स्टार्टअप कम्पनी सजिलो मर्मत सेवामा ट्रु नर्थ एसोसियट्सले १० करोड लगानी गर्ने

टेकपाना टेकपाना

फागुन २१, २०७८ १०:१३

स्टार्टअप कम्पनी सजिलो मर्मत सेवामा ट्रु नर्थ एसोसियट्सले १० करोड लगानी गर्ने

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी सजिलो मर्मत सेवामा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म ट्रु नर्थ एसोसियट्सले १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । ट्रु नर्थ एसोसियट्स र सजिलो मर्मत सेवाबीच लगानीका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो लगानीले सजिलो मर्मत सेवाको वृद्धिमा सहयोग पुग्ने बताइएको छ ।

सन् २०१७ मा आइडिया स्टुडियो नेपालबाट इन्क्युबेसन प्राप्त सजिलो मर्मत सेवा मर्मत सम्भार सम्बन्धी सीप भएका जनशक्तिलाई नेपालका घरपरिवार तथा अफिसहरूसँग जोड्दै आएको छ । प्राप्त लगानीबाट सजिलो मर्मत सेवा थप स्थानमा विस्तार हुनुका साथै डेलिभरी च्यानल समेत थप गरिने कम्पनीले जनाएको छ । 

सजिलो मर्मत सेवामा कम्प्युटर, घरायसी सामग्री तथा उपकरण, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बिङ, एयर कन्डिसनिङ, सरसफाइ, पार्केटिङ, अल्मुनियम फेब्रिकेसन, वाटर प्रुफिङ तथा चर्केको घर मर्मत आदि जस्ता सेवाका लागि सीपयुक्त जनशक्ति उपलब्ध छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२