होमलोनको ब्याज दोब्बर भयो, अब कसरी धान्‍नु !

बढ्दो ब्याज नियन्त्रण गर्न बैंकर्स संघले पछिल्लो ६ महिनादेखि एउटै ब्याजदर कायम राख्दै आएको थियो । तर, असोज महिनाका लागि बैंकहरुको त्यो भद्रा सहमती खारेज गरेर ब्याजदर वृद्धि गर्ने निर्णय भयो । बैंकहरुले साधारण मुद्दती बचतको अधिकतम ब्याजदर ११.०३ प्रतिशतबाट बढाएर १२.१३ प्रतिशत पुर्याएका छन् ।

367B408218B985F-icon.png
7634views
715BA400E785C68-567834505D66BFE-C0C18FAD6161A99-loan-personal.jpg


काठमाडौं । दुई वर्षअघि बैंकहरुबीच कर्जाको ब्याजदर घटाउने प्रतिस्पर्धा चलेको थियो । सस्तो ब्याजमा कर्जा दिएर ग्राहक आकर्षित गर्ने होडबाजीकै बिच बैंकको ब्याजदर पनि एकल बिन्दूमा झर्यो ।

कोभिड महामारीका कारण लगानी गर्ने ठाउँ नभएपछि बैंकमा पर्याप्त तरलता थुप्रिनाले घरकर्जा सात प्रतिशतसम्म ब्याजमा पाइन्थ्यो । तर, अहिले बैंकहरुबीच निक्षेप र कर्जाको ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको छ । असोजमा ‘क’ वर्गका वाणिज्य बैंकहरुकै ब्याजदर १५/१६ प्रतिशतसम्म पुगेको छ ।

एक बर्षकै अन्तरालमा घरकर्जा र रियलस्टेट कर्जाको ब्याजदर बढेर झण्डै दोब्बर भएको छ, जसको सिधा असर घरजग्गाको मूल्यमा परेको छ । 

बैंकबाट नयाँ लोन पाउनु आफैमा ठूलो युद्ध जितेबराबरको उपलब्धी मान्‍नुपर्ने अवस्था छ, पहिले नै लिएको ऋणमा पनि बार्षिक १५–१६ प्रतिशतसम्म ब्याजदर धान्‍न असम्भवप्रायः हुन थालेको छ । 

दुई वर्षअघि एनएमबि बैंकले ऋण लिएर घरजग्गा खरिद गर्ने ग्राहकलाई लक्षित गरेर दुई वर्षसम्म नबढ्ने ८.९९ प्रतिशत फिक्स ब्याजदरको कर्जा ल्याएको थियो ।

कम भन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रतिस्पर्धामा राष्‍ट्रिय बाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा योजना ल्याएको थियो । नेपाल बैंकले पनि कर्जा लिएर घर किन्‍ने/बनाउने ग्राहकलाई ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराएको थियो । यस्तै, नेपाल बैंकले नै ९.९९ प्रतिशत ब्याजदरको घडेरी कर्जा पनि ल्याएको थियो । ग्लोबल आइएमई बैंकले एक वर्षसम्म स्थिर रहने गरी घरजग्गा खरिद गर्न ८.७५ प्रतिशतमै घरकर्जा दिने स्किम ल्याएको थियो ।

एक/डेढ वर्षअघिसम्म पनि बैंकहरुले १० प्रतिशतभन्दा कम ब्याजदरमै घरजग्गा दिँदै आइरहेका थिए । तर, कोभिड कम हुँदै गएपछि उपभोग र लगानीका लागि ऋणको माग ह्वात्तै बढ्यो ।

बैंकमा तरलता संकट देखिन थालेपछि निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि बढ्न थालेको हो ।

बढ्दो ब्याज नियन्त्रण गर्न बैंकर्स संघले पछिल्लो ६ महिनादेखि एउटै ब्याजदर कायम राख्दै आएको थियो । तर, असोज महिनाका लागि बैंकहरुको त्यो भद्रा सहमती खारेज गरेर ब्याजदर वृद्धि गर्ने निर्णय भयो । बैंकहरुले साधारण मुद्दती बचतको अधिकतम ब्याजदर ११.०३ प्रतिशतबाट बढाएर १२.१३ प्रतिशत पुर्याएका छन् । 

राष्‍ट्र बैंकले ब्याजदर वृद्धिमा लगाम लगाउँदै अघिल्लो महिनाको औसतको १० प्रतिशततका दरले ब्याजदर तलमाथि गर्न पाउने व्यवस्था बमोजिम असोजमा १.१० प्रतिशतले मात्र ब्याजदर बढाइएको हो ।

पछिल्लो ६ वर्षदेखि रेमिटेन्स बचतको ब्याजदर १२.०३ प्रतिशत कायम थियो । ब्याजदर बढाउन पाउने निर्णय भएसँगै ग्लोबल आइएमई बैंकको खातामा विदेशबाट पठाएको रकम मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने स्किम ल्याएको छ । बैंकले साधारण बचत खातामै बार्षिक १० प्रतिशतभन्दा बढी ब्याज दिन थालेका छन् । 

निक्षेपकै ब्याजदर १० प्रतिशतभन्दा बढी भएपछि कर्जाको ब्याजदर १५ प्रतिशत नाघ्नु स्वभाविक भएको एक बैंकरले बताए ।

ब्याजदर बढ्दा कति भार थपियो ?

दुई वर्षअघि ८ प्रतिशत ब्याजदरमा डेढ करोड रुपैयाँ घरकर्जा लिँदा बार्षिक ब्याज १२ लाख रुपैयाँ पर्थ्यो । तर, अहिले ब्याजदर बढेर १५/१६ प्रतिशतसम्म पुगेको छ । अब डेढ करोड रुपैयाँ कर्जा वार्षिक १५ प्रतिशत ब्याजमा लिने ऋणीले बार्षिक साढे २२ लाख ब्याजमात्र तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले इएमआई पनि फरक पार्छ ।

यदि कुनै व्यक्तिले २०७७ भदौमा पाँच वर्षका लागि ८ प्रतिशत ब्याजदरमा डेढ करोड रुपैयाँ कर्जा लिएको थियो भने उसले साँवा र ब्याजको मासिक किस्ता तीन लाख ४ हजार १४६ रुपैयाँ बुझाए हुन्थ्यो । उसले पुरै ऋण चुक्ता गर्दा ३२ लाख ४८ हजार ७५५ रुपैयाँ ब्याजमात्रै तिर्नुपर्थ्यो ।

तर, अहिले डेढ करोड रुपैयाँ १५ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि लिनुभयो भने मासिक किस्ता (इएमआई) तीन लाख ५६ हजार ८४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यही ब्याजदरमा पाँच वर्षमा पुरै ऋण चुक्ता गर्दा ब्याजमात्रै ६४ लाख १० हजार ९३७ रुपैयाँ तिनुपर्छ । 
 

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

3E00679F98793C1-3242FDCEB10212E-house.jpg

घरजग्गा चलायमान बनाउन अर्थमन्त्रीलाई चेम्बरको ४ सुझाव

6BA6B505DA36CCC-8535F5EB07FED17-LoweredInterestRates.jpg

निक्षेपको ब्याजदर अझै घट्यो, १७ वाणिज्य बैंकले घटाए, दुईको यथावत, एनआइसीले बढायो

24F41DF8BCBB5ED-6666.jpeg

तीन अर्बको कारोबार गर्दै सकियो घरजग्गा मेला, ४० हजारले अवलोकन