close

बिल गेट्स भन्छ्न्: क्रिप्टोकरेन्सी र एनएफटी मूर्ख सिद्धान्तमा आधारित छन्, म लगानी गर्दिनँ

टेकपाना टेकपाना

असार २, २०७९ १४:४५

बिल गेट्स भन्छ्न्: क्रिप्टोकरेन्सी र एनएफटी मूर्ख सिद्धान्तमा आधारित छन्, म लगानी गर्दिनँ

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एनएफटी र क्रिप्टोकरेन्सी शतप्रतिशत मूर्ख सिद्धान्त (ग्रेटर फूल थेरी) मा आधारित रहेको बताएका छन् ।

समाचार संस्था टेकक्रन्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू एनएफटी र क्रिप्टोकरेन्सीमा लगानी गर्नुभन्दा कुनै उत्पादनमूलक कम्पनी तथा उद्योगमा लगानी गर्ने धारणा राखे ।

‘म एनएफटी र क्रिप्टोकरेन्सी केहीमा पनि आबद्ध छैन र आगामी दिनमा पनि संलग्न हुनेछैन,’ उनले भने, ‘यो सबै सरकारी राजस्व लुकाउन र सरकारी कानूनी व्यवस्थाबाट बच्न प्रयोग भइरहेको जस्तो लाग्छ ।’

हुन त गेट्सले एनएफटी र क्रिप्टोकरेन्सीको विरुद्धमा बोलेको यो मात्रै पहिलो पटक भने होइन । यसअघिका अन्तर्वार्तामा समेत उनले एनएफटी र क्रिप्टोकरेन्सी आफ्नो लगानी नभएको बताउँदै आएका थिए ।

त्यतिमात्रै नभएर उनले निरन्तररूपमा यसमा लगानी गर्ने लगानीकर्ताको विषयमा समेत चिन्ता व्यक्त गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३