close

घट्यो टेलिकमको इन्टरनेट र इन्ट्रानेट लिज लाइनको महसुल, कुनको शुल्क कति ?

टेकपाना टेकपाना

असार ९, २०७९ १४:२७

घट्यो टेलिकमको इन्टरनेट र इन्ट्रानेट लिज लाइनको महसुल, कुनको शुल्क कति ?

काठमाडौं । नेपाल टेलिकमले लिज लाइनको महसुल दर घटाएकाे छ । गत असार १ गतेदेखि लागू हुनेगरी कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जानकारी दिएकाे छ ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैयाँमात्र हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय रुपैयाँबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु. २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १५ सय रुपैयाँ कायम गरिएको छ ।

Internet  Lease Line Tariff

Existing Tariffs per Month per Mbps(NRs)New Tariffs per Mbps (NRs)
Bandwidthper MonthMonthly
1-20 Mbps25001600
21-50 Mbps23001600
51-100 Mbps21001500
>100 Mbps19001500

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रुपैयाँ रहेकोमा अब रु. २४ सय रुपैयाँ काम गरिएको छ ।

त्यस्तै ११ देखि १०० एमबीपीएसको २४ सय रुपैयाँ रहेकोमा अब २१ सय रुपैयाँ र १०० एमबीपीएसभन्दा बढीको रु. २१ सय रुपैयाँ रहेकोमा अब रु. १८ सय रुपैयाँ कायम गरिएको छ ।

Intranet Lease Line Tariff

BandwidthExisting Tariffs per Mbps (NRs) per monthNew Tariffs per Mbps(NRs) per month
1-10 Mbps27002400
11-100Mbps24002100
>100Mbps21001800

टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

‘यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा चौबिसै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ,’ टेलिकमकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३