+
+

तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुने

२३ लाख स्वदेशी माला नै खपत हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १२:१५

३१ असोज, काठमाडौं । यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थान माला खपत हुने अनुमान छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भने ‘कोभिडमा घटेको फूलको मागमा वृद्धि भएको छ । नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ ।’

मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने उनले बताए । ‘व्यापारीहरुले भारतबाट पनि माला आयात गर्छन्,’ उनले भने,’गत वर्ष त भारतबाट आयात भएको माला खपत नभएर फाल्नु समेत परेको थियो ।

यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत फूलको बढेको पनि एसोसिएसनले जनाएको छ । भारतीय फूलको आयात रोक्न गरेको आग्रह समेत सरकारले नसुनेको एसोसिएसनको भनाइ छ ।

आव ०७८/०७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरेको थियो । नेपालमा पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५००भन्दा बढी जनशक्तिहरु रोजगार र आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?