Shikhar Insurance

सरकारको कुल सम्पत्ति बिनोद चौधरीको आधामात्र

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सरकारको कुल सम्पत्ति देशका एकमात्र खर्बपति बिनोद चौधरीको भन्दा कम रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको तथ्यअनुसार सरकारको कुल सम्पत्ति चौधरीको भन्दा ८२ अर्ब रूपैयाँ कम रहेको तथ्य सार्वजनिक भएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार नेपाल सरकारको कुल सम्पत्ति १ खर्ब ८० करोड ४ लाख २१ हजार रूपैयाँ छ । जसमध्ये सबैभन्दा बढी गृह मन्त्रालयको २७ अर्ब ४४ करोड र रक्षा मन्त्रालयको २१ अर्ब ९२ करोड रूपैयाँ छ । सबैभन्दा कम आदीवासी तथा जनजाती आयोगको १७ लाख रूपैयाँमात्र सम्पत्ति छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जबकि डलर अर्बपति चौधरीको सम्पत्ति १ खर्ब ८२ अर्ब ५८ करोड रूपैयाँ छ । अर्थात् सरकारको सम्पत्ति चौधरीको सम्पत्तिको ५४ प्रतिशत बराबरमात्र हुन आउँछ ।

 

कुन निकायको कति सम्पत्ति ?

GBIME

प्रतिक्रिया दिनुहोस्