close

निर्वाचन आयोगलाई सुनिताको पत्र- मेरो फेक आईडी बनाएर सामाजिक सञ्जालमा दुरूपयोग भइरहेको छ

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ ८:२४

निर्वाचन आयोगलाई सुनिताको पत्र- मेरो फेक आईडी बनाएर सामाजिक सञ्जालमा दुरूपयोग भइरहेको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो नाममा नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको भन्दै निर्वाचन आयोगलाई पत्र पठाएकी छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्र बनाएर अफवाह फैलाउन, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्न आफ्नो नाम प्रयोग भइरहेको उनले पत्रमा उल्लेख गरेकी छन् ।

यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले कानून विपरीत कार्य गर्ने/गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न/गराउन समेत आग्रह गरेकी छन् ।

साथै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग हुने पनि उनले लेखेकी छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ ८:२६