+
+

वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर, ११ प्रतिशत ब्याज पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १३:०८

१५ वैशाख, काठमाडौं । निक्षेपको ब्याजदर घटेसँगै सरकारी ऋण उठाउन औजार वैदेशिक रोजगार बचतपत्रको पनि ब्याजदर घट्न लागेको छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ ।

९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बरारको वैदेशिक रोजगार बचतपत्रमा १७ वैशाखदेखि १७ जेठ २०८० सम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएर ल्याएको छ । गत १४ फागुनदेखि ३ चैतसम्म निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा अहिले ११ प्रतिशत मात्रै ब्याजदर दिने केन्द्रीय बैंकले जनाएको छ ।

बचतपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ भने उक्त बयाजमा ब्याजकर नलाग्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा दश हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिने सकिने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

१७ जेठसम्म आवेदन दिने अवधि भएपनि बचतपत्र निष्कासन २४ जेठ रहेको र २४ जेठ २०८५ मा बचतपत्रको सावाँ भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?