close

फेसबुकको डेस्कटप भर्सनमा नयाँ डिजाइन आउँदै

टेकपाना टेकपाना

फागुन २५, २०७८ १०:२५

फेसबुकको डेस्कटप भर्सनमा नयाँ डिजाइन आउँदै

काठमाडौं । मेटाले फेसबुकको डेस्कटप भर्जनमा नयाँ लेआउट परीक्षण गर्दैछ । पहिलेभन्दा फरक डिजाइनमा परीक्षण गरिरहेको कम्पनीले नयाँ लेआउट केही प्रयोगकर्ताका लागि उपलब्ध समेत गराएको छ ।

फेसबुकले उपलब्ध गराएको अपडेट अलर्टमा एपमा आउने परिवर्तनका बारेमा जानकारी दिइएको छ । सो लेआउटमा नेभिगेशन अप्सनहरू बायाँतर्फ सारिएको देखिन्छ ।

अहिले अन्य डेस्कटपहरुका नेभिगेसन अप्सनहरु पनि स्क्रिनका बायाँ साइडमै राखिएको पाइन्छ ।

परीक्षण गर्न लागिएको लेआउट केही अव्यवस्थित देखिन्छ । तर यो नै अन्तिम डिजाइन नभएकाले यसमा धेरै परिवर्तन हुने अनुमान गरिएको छ ।

Facebook desktop redesign test
Facebook desktop redesign test

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२