नेपाली सेनाद्वारा कङ्गोमा १२ किलाेमिटर सडक निर्माण

 बैशाख १२, २०७९ सोमबार १०:७:३० | रासस
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेकाे नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेकाे छ। 

श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेकाे हाे । 

गएकाे माघ १३ गतेबाट सुरु भएकाे सडककाे निर्माणकार्य वैशाख ७ गते सम्पन्न भएकाे थियाे । कङ्गोमा रहेकाे इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ बेञ्जामिन एलोङ्गा बोनीले सडककाे शुभारम्भ गर्नुभएको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

साथै कार्यक्रममा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।

द्वन्द्वग्रस्त देश कङ्गाेमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीबाहेक स्थानीय समुदाय लक्षित जनहितकारी कार्य गर्दै आएकाे छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया