मंगलबार सेयर बजार १.७८ प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक ३६.०७ अंकले घटेर १,९९६.२६ बिन्दुमा पुगेको हो। योसँगै नेप्सेले दुई हजारको मनोवैज्ञानिक तहमा टेवा खोजिरहेको बुझिन्छ।
आज बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। आज कुल २३२ किसिमका धितोपत्र तथा ऋणपत्रको ४१ लाख ४७ हजार २५५ सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ५५ लाख ४६ हजार रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन नेप्से परिसूचक १५.८२ अंकले घट्दा ९९ करोड ८६ लाख ७४ हजार रूपैयाँको कारोबार भएको थियो।
आज जम्मा ९ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने २१३ वटाको मूल्य घटेको छ। आज सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्थाको ८.१८ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन पावर पार्टनरको ९.९९ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। जसमध्ये पनि सबैभन्दा धेरै अन्यको ३.४४ प्रतिशत, नन-लाइफ इन्स्योरेन्सको २.८९ प्रतिशत र ट्रेडिङको ३.१२ प्रतिशतले घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ६७ लाख १८ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको ३ करोड ७९ लाख ७७ हजार रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख ५९ हजार रूपैयाँ, नबिल बैंकको ३ करोड २० लाख १३ हजार रूपैयाँ र उपकार लघुवित्त वित्तीय संस्थाको २ करोड ८७ लाख ६० हजार रूपैयाँको कारोबार भएको छ।