२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जोखिम मोलेर फोटोपत्रकारिता

कान्तिपुर संवाददाता

काठमाडौँ — फोटो पत्रकारहरु सुन्दर तस्बिर खिच्‍छन् । ती तस्बिर खिच्न भने निकै सकस झेल्नुपर्छ । जोखिम मोल्नुपर्छ । प्राकृतिक विपत्ति र आन्दोलनमा झन् बढी दु:ख कष्ट बेहोर्नुपर्छ । फोटो पत्रकारकै लेन्सबाट फोटो पत्रकारिता झल्काउन फोटो पत्रकार क्लब नेपालले मंगलबार ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा 'लेन्सबाट फोटोपत्रकारिता' विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटोपत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने फोटोहरु राखिएको छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरुले भोग्नु परेका जोखिमहरुलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठले बताइन् । नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी मंगलबार अपराह्न ५ बजेसम्म चल्नेछ । तस्बिर सौजन्य : पीजे क्लब ।


प्रकाशित : वैशाख १३, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्