+
+

काठमाडौं महानगरमा प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १८:१५

३ फागुन, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।

महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’

महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।

घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ ।

घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?