काठमाडौं । नेपाल टेलिकमले सर्वसाधारण नागरिकका लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।
जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिनसमेत पाइरहेका हुँदैनन् ।
सर्वसाधारणकाे सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न नेपाल टेलिकमले विशेष शर्टकोड सेवा ल्याएकाे छ । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड अप्ठ्याराे परेका बेलामा काम लाग्नसक्छ ।
१००: प्रहरी १०१: दमकल १०२: एम्बुलेन्स १०३: ट्राफिक प्रहरी १०४: बालबालिका खोजतलास १०५: नेपाली सेना, काठमाडौं उपत्यका १०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म १०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग १११ः सैनिक हस्पिटल छाउनी १०९८: बाल हेल्पलाइन ११०३: ट्राफिक प्रहरी जावलाखेल ११११: हेलो सरकार ११४४: पर्यटक प्रहरी