close

अब उपत्यका बाहिर पनि स्मार्ट मिटर जडान गरिने, विपन्न वर्गलाई निःशुल्क

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:१७

अब उपत्यका बाहिर पनि स्मार्ट मिटर जडान गरिने, विपन्न वर्गलाई निःशुल्क

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सुरु गरेको स्मार्ट मिटर जडानको कार्य बाहिरी जिल्लामा समेत विस्तार गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार विपन्न वर्गका घर परिवारलाई विद्युत मिटर जडान निःशुल्क गरिएको छ । यसका साथै मासिक २० युनिटसम्म खपत गर्ने घर परिवारलाई विद्युत निःशुल्क उपलब्ध गराइनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४