काठमाडाैं । विन्डोजमा सिस्टम इमेज ब्याकअप भनेको तपाईंको ‘सी’ (C) ड्राइभको ठ्याक्कै प्रतिलिपि हो, जसमा तपाईंको विन्डोजको एक्टिभ इन्स्टल्लेसन, इन्स्टल भएका सबै एपहरू र ती एपका लागि सबै कन्फिगरेसन र डेटा फाइलहरू समावेश हुन्छ ।
सिस्टम ड्राइभ फेल भएको अवस्थामा तपाईंले नयाँ ड्राइभमा यो सिस्टम इमेज रिस्टोर गरेर पहिलेजस्तै चलाउन सक्नुहुन्छ । सिस्टम इमेज प्रायः विन्डोज सिस्टमको वास्तविक स्टेट रिस्टोर गर्नको लागि प्रयोग गरिन्छ ।
विन्डोज ११ मा सिस्टम इमेज ब्याकअप क्रियट गर्नका लागि तपाईंलाई विन्डोजको ब्याकअप एण्ड रिस्टोर भन्ने लेगेसी टुल आवश्यक पर्छ । यो टुल विन्डोज ७ र त्यसपछिका सबै भर्सनमा पहिले नै इन्स्टल भएर आएको हुन्छ ।
यसलाई लन्च गर्नको लागि पहिले स्टार्टमा गएर Control Panel टाइप गरी कन्ट्रोल प्यानल खोल्नुहोस् ।