+
+

उपमेयर डंगोल बजार अनुगमनमा, महानगरका प्रवक्ता भन्छन्- मलाई जानकारी छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १०:१५

११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् ।

तर काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बजार अनुगमनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘यो उपमेयरले गरेको प्लान हो, मलाई जानकारी छैन,’ प्रवक्ता मानन्धरले भने, ‘सायद पछि जानकारी गराउनुहुन्छ होला ।’

उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा परिचालित भएको छ । टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?