close

बैंक अफ काठमाण्डूको एटीएम, मोबाइल बैंकिङ लगायतका सेवा ३ दिनसम्म बन्द हुने

टेकपाना टेकपाना

पुस २१, २०७९ ९:३१

बैंक अफ काठमाण्डूको एटीएम, मोबाइल बैंकिङ लगायतका सेवा ३ दिनसम्म बन्द हुने

काठमाडौं । बैंक अफ काठमाण्डूको एटीएम, मोबाइल बैंकिङ लगायतका सेवा तीन दिनसम्म बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंकसँग मर्ज हुन लागेकाले डेटा माइग्रेसनका लागि तीन दिनसम्म बैंकिङ सेवा बन्द रहने बैंकले जनाएको छ ।

''दुवै संस्थाको एकीकृत कारोबार सुरु गरिने भएको हुँदा डेटा माइग्रेसन प्रयोजनका लागि पुस २२ देखि तीन दिनसम्म बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ सेवा बन्द रहने भएको छ,'' बैंक अफ काठमाण्डूले जारी गरेको  सूचनामा उल्लेख छ ।

यसअन्तर्गत डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, ई-कम कार्ड, एटीएम, बाीओके स्मार्ट र बीओके क्लिकबाट हुने कारोबार पनि अवरुद्ध हुने बैंकले जनाएको छ । 

No description available.

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १०:४