+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:२१

१८ चैत, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार ९९ हजार २ सय रुपैयाँमा छापावाल र ९८ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै गत शुक्रबार १ हजार ३२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । चाँदीको मूल्य शुक्रबारको तुलनमा आइतबार तोलामा २० रुपैयाँले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?